लोड हुँदैछ...

मेनु

पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि अदालत लगियो

पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौँ । भदौ २३ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा भएको घटनामा अनुसन्धानका लागि शनिबार पक्राउ परेका तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आज म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको छ।

शनिबार सार्वजनिक बिदा परेका कारण उनलाई आज आइतबार मात्रै म्याद थपका लागि अदालत लगिएको हो। प्रहरीले उनलाई हिजो नियन्त्रणमा लिएको थियो।

जेनजी आन्दोलनका क्रममा भएको झडप र दमनमा हेलचेक्र्याइँपूर्वक मानिस मारिएको विषयमा गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई दोषी ठहर्‍याउँदै ज्यान मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। गृह मन्त्रालयको नेतृत्व सम्हालेका बखत जिम्मेवारीपूर्वक कार्य नगरेको र मानवीय क्षति हुन पुगेको आयोगको ठहर छ।

सोही जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो। सरकारको उक्त निर्णयसँगै लेखकलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको हो।

अदालतबाट म्याद थप भएपछि उनीमाथि लागेको अभियोगमा प्रहरीले विस्तृत अनुसन्धान सुरु गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।