काठमाडौँ । नेकपा (एमाले) ले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको तत्काल रिहाइको माग गर्दै आज देशैभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा दोषी देखिएको भन्दै अध्यक्ष ओलीलाई हिजो उनकै निवासबाट प्रहरीले पक्राउ गरेपछि एमालेले आन्दोलनको घोषणा गरेको हो। ओली पक्राउ परेलगतै बसेको एमाले सचिवालय बैठकले सरकारको कदमको कडा विरोध गर्दै रिहाइका लागि दबाब दिने उद्देश्यले देशभर ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो।
नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापाका अनुसार विहान ११ बजे पाटी कार्यालयमा भेला भएर ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा जाने कार्यक्रम रहेको छ ।
यसैबीच, अध्यक्ष ओलीको पक्राउलाई लिएर एमालेले आजै कानुनी परामर्श पनि गर्ने भएको छ। एमालेले आफ्ना अध्यक्षमाथिको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहा नगरे आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।