लोड हुँदैछ...

मेनु

ट्रेड युनियन र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय ‘लेनाको–देना’ नहोस्

ट्रेड युनियन र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय ‘लेनाको–देना’ नहोस्

विराटनगर । अर्थविद् हरि रोक्काले पछिल्लो समय ट्रेड युनियन र विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने वा खारेज गर्ने गरी अघि सारिएका कदमहरू प्रत्युत्पादक हुन सक्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस्ता संगठनहरूप्रति लिएको नीतिलाई संकेत गर्दै रोक्काले यस्तो निर्णयले पछि ‘लेनाको–देना’ (नसोचेको नकारात्मक परिणाम) हुन सक्ने बताएका हुन् ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै रोक्काले राजनीति र संगठनलाई निषेध गरेर अघि बढ्न खोज्दा त्यसको नतिजा गम्भीर हुने उल्लेख गरेका छन् । उनले विगतमा राजनीतिक दलहरूले लिएका गलत रणनीतिका कारण उनीहरूको अवस्था खस्किएको दृष्टान्त दिँदै नयाँ शक्तिहरूलाई पनि इतिहासबाट सिक्न सुझाएका छन् ।

उनले लेखेका छन्, “राजनीतिलाई निषेध गर्न ‘ट्रेड युनियन तथा विद्यार्थी संगठन खारेज’ को जुन नारा अघि सारिएको छ, त्यसले लेनाको–देना देख्न नपरोस् ।”

रोक्काले युवा नेतृत्व र सरकारका सदस्यहरूलाई वि.सं. २०३५/३६ सालको विद्यार्थी आन्दोलनको इतिहास पढ्न आग्रह समेत गरेका छन् । सो समयको आन्दोलनले कसरी राजनीतिक परिवर्तनको जग बसालेको थियो भन्ने स्मरण गराउँदै उनले यो देश निषेधको राजनीतिले नचल्ने कुरामा जोड दिएका छन् ।

रोक्काले यस्ता निषेधकारी कदमले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने र अन्ततः निर्णयकर्तालाई नै क्षति पुग्ने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।