काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ। उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएको विषयमा पनि छानबिन भइरहेको छ।
जेनजी आन्दोलनका क्रममा उनको निवासमा भएको आगजनीपछि ‘पैसा उडेको’ भन्ने भिडियो सार्वजनिक भएपछि उक्त विषयमा समेत अनुसन्धान अघि बढाइएको बताइएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार खड्कामाथि थप अनुसन्धान जारी रहेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।