विराटनगर । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज अदालतमा उपस्थित गराइँदैछ। चैत १४ गते शनिबार झिसमिसेमै पक्राउ परेका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई म्याद थपका लागि आज अदालत लैजाने तयारी गरिएको हो।
अध्यक्ष ओलीको गिरफ्तारीलाई ‘गैरकानुनी’ र पूर्वाग्रही दाबी गर्दै एमालेले कानुनी र राजनीतिक दुवै मोर्चाबाट प्रतिवाद गर्ने जनाएको छ। ओलीलाई अदालत लैजाने तयारी भइरहँदा एमालेले आज पनि देशभर विरोधका कार्यक्रम जारी राख्ने भएको छ।
एमाले सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे देशभरका जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको छ।
यसअघि शनिबार ओलीको पक्राउको विरोधमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौंको माइतीघर–बिजुलीबजार क्षेत्रमा झडप हुँदा दिनभर स्थिति तनावग्रस्त बनेको थियो। एमाले सचिवालयको आकस्मिक बैठकले आफ्ना अध्यक्षको तत्काल रिहाइको माग गर्दै आन्दोलनको घोषणा गरेको हो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।