लोड हुँदैछ...

मेनु

प्रहरीलाई बन्दुक होइन, लाठी मात्र देऊ: महेश बस्नेत

प्रहरीलाई बन्दुक होइन, लाठी मात्र देऊ: महेश बस्नेत

विराटनगर– नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारलाई प्रहरीको हातमा बन्दुक नभई लाठी मात्र दिन चुनौती दिएका छन्। एमालेले सुरु गरेको आन्दोलन उत्कर्षमा पुग्ने र प्रहरीले बन्दुक चलाउनुपर्ने स्थिति आउन सक्ने संकेत गर्दै उनले सरकारलाई यस्तो चेतावनी दिएका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बस्नेतले आन्दोलनका क्रममा हुन सक्ने सम्भावित मानवीय क्षतिको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन्। उनले लेखेका छन्, “आन्दोलन सुरु भइसकेको अवस्था छ। बन्दुक प्रयोग भएमा मानवीय क्षति हुन सक्छ, जसको जिम्मेवारी अन्ततः सरकारकै नेतृत्वले लिनुपर्छ।”

बस्नेतले अगाडि चेतावनी दिँदै भनेका छन्, “त्यसपछि आयोग गठन भई अनुसन्धान हुँदा प्रधानमन्त्री र गृहमन्त्री सम्हाल्ने स्वयं तपाईंहरू नै जेल यात्रामा जानुपर्छ।”

एमाले सचिव बस्नेतको यो अभिव्यक्तिले आगामी आन्दोलन थप आक्रामक हुने र त्यसलाई नियन्त्रण गर्न सरकारले बल प्रयोग गरेमा त्यसको राजनीतिक र कानुनी मूल्य सरकार प्रमुखले नै चुकाउनुपर्ने स्पष्ट संकेत गरेको छ। उनले घुमाउरो पारामा सरकारलाई दमन नगर्न र गरेमा गम्भीर परिणाम भोग्न तयार रहन चुनौती दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।