लोड हुँदैछ...

मेनु

अध्यक्ष ओली पक्राउविरुद्ध एमालेले सार्वजानिक गर्यो विरोधको कार्यक्रम

अध्यक्ष ओली पक्राउविरुद्ध एमालेले सार्वजानिक गर्यो विरोधको कार्यक्रम

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले सचिवालय बैठकले कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।

शनिबार बसेको आकस्मिक बैठकले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै देशभर आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो।

एमाले सचिव महेश बस्नेतका अनुसार पार्टीले निम्न ४ बुँदे निर्णयहरू गरेको छ । ओली पक्राउको विरोधमा आम जनसमुदाय र नागरिक समाजको साथ लिएर कानुनी तथा राजनीतिक रूपमा कडा प्रतिवाद गर्ने, आज शनिबार अपराह्न ३ बजे सबै जिल्ला सदरमुकामहरूमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम तयर भएको छ ।

त्यसैगरी भोलि भोलि चैत १५ गते दिउँसो १२ बजे सबै जिल्लामा विरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई विरोधपत्र बुझाउने र लोकतन्त्र र कानुनी राज्यका पक्षधर राजनीतिक दल तथा नागरिक समाजसँग सम्वाद र सहकार्य अगाडि बढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।