लोड हुँदैछ...

मेनु

सरकार दक्षिणपन्थी लोकप्रियतावादको बाटोमा: गोपाल किराती

सरकार दक्षिणपन्थी लोकप्रियतावादको बाटोमा: गोपाल किराती

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता गोपाल किरातीले सरकारले दक्षिणपन्थी लोकप्रियतावादको बाटो समातेको टिप्पणी गरेका छन्। पछिल्लो समय भएका गिरफ्तारीका घटनाक्रमप्रति संकेत गर्दै नेता किरातीले सरकारको कदम प्रतिशोधपूर्ण रहेको आरोप लगाएका हुन्।

विराटनगरमा आफ्नो धारणा राख्दै किरातीले संघीय लोकतान्त्रिक गणतन्त्रको जनपक्षीय कार्यान्वयनको कुनै स्पष्ट मार्गचित्र बिना नै सरकार अघि बढेको बताए। प्रतिवेदन सार्वजनिक नगरीकन गरिएका गिरफ्तारीहरूले सरकारको नियतमाथि प्रश्न उठाएको उनको तर्क छ।

“२४ का अपराधीलाई छाडेर २३ लाई मात्र गिरफ्तारी गर्नु प्रतिशोधको पनि प्रतिशोध हो,” किरातीले भनेका छन्, “यो दक्षिणपन्थी लोकप्रियतावादको नमूना मात्रै हो।”

उनले सरकारले राजनीतिक सन्तुलन मिलाउन नसकेको र प्रक्रियागत पारदर्शिता अपनाउनुको साटो सस्तो लोकप्रियताका लागि प्रतिशोध साँध्ने काम गरेको दाबी समेत गरे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।