लोड हुँदैछ...

मेनु

ओली र लेखकको गिरफ्तारी ‘राजनीतिक प्रतिशोध’

ओली र लेखकको गिरफ्तारी ‘राजनीतिक प्रतिशोध’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री एवं एमाले सचिव हिक्मत कार्कीले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘शुद्ध राजनीतिक प्रतिशोध’ को संज्ञा दिएका छन्। सरकारको यो कदमले देशलाई अस्थिरतातर्फ धकेल्ने भन्दै उनले आक्रोश व्यक्त गरेका हुन्।

कार्कीले फेसबुकमा लेखेका छन्, “मुलुकलाई द्वन्द्वतर्फ लैजान प्रतिशोधपूर्ण गतिविधि गर्नु पूर्णतः गलत हो।” उनले लोकतन्त्रमा राजनीतिक संवाद हुनुपर्नेमा प्रतिशोध साँध्ने काम भएको भन्दै यस्तो प्रवृत्ति तत्काल रोकिनुपर्ने माग गरेका छन्। विराटनगरमा रहेका मुख्यमन्त्रीले यो घटनाले देशको समग्र राजनीतिमा गम्भीर असर पर्ने संकेत समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।