लोड हुँदैछ...

मेनु

नेपाल प्रथम हुन सफल महेन्द्र मोरङका आस्था र विदिशालाई स्ववियुद्वारा सम्मान

नेपाल प्रथम हुन सफल महेन्द्र मोरङका आस्था र विदिशालाई स्ववियुद्वारा सम्मान

विराटनगर । विराटनगरस्थित त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका दुई मेधावी छात्राले त्रिभुवन विश्वविद्यालयको परीक्षामा देशकै उत्कृष्ट नतिजा ल्याएका छन् ।

विश्वविद्यालयले लिएको व्यवस्थापन सङ्काय अन्तर्गतको परीक्षामा बीबीए सातौँ सेमेस्टरकी आस्था राउतले ४.० जीपीए र बीपीए छैटौँ सेमेस्टरकी विदिशा भट्टराईले ३.९३ जीपीए प्राप्त गरी नेपाल प्रथम भएका हुन् ।

आफ्नो क्याम्पसका विद्यार्थीहरूले देशभरकै उत्कृष्ट नतिजा हासिल गरेको उपलक्ष्यमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले उनीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा स्ववियु सभापति रोहित यादवले नेपाल प्रथम हुन सफल दुवै छात्रालाई दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गरेर सम्मान गरे ।

सम्मान कार्यक्रममा सभापति यादवले देशकै उत्कृष्ट नतिजा ल्याएर क्याम्पस र विराटनगरकै गौरव बढाएको भन्दै उनीहरुलाई बधाई तथा शुभकामना दिए । स्ववियुले दुवै छात्राको कडा परिश्रम र लगनशीलताको उच्च प्रशंसा गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना समेत व्यक्त गरेको छ । क्याम्पस प्रशासन, प्राध्यापक र विद्यार्थीहरूले यस ऐतिहासिक उपलब्धिलाई ठूलो उत्सवका रूपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।