ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनका लागि आएका एक अढाइ वर्षीय बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका छोरा सोहन श्रेष्ठको मृत्यु भएको हो।
प्रहरीका अनुसार अभिभावक र आफन्तसँग मन्दिर दर्शनका लागि आएका बालक फर्कने क्रममा बाटोमै अचानक बिरामी परेका थिए। उनलाई तत्काल जिल्ला अस्पताल ताप्लेजुङ पुर्याएर उपचार सुरु गरिएको थियो।
उपचारकै क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार बालक निमोनियाबाट पीडित रहेको बुझिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।