विराटनगर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ। कार्यवाहक बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने तय भएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति हुने बताइएको छ । कांग्रेस नेताहरूका अनुसार १५ औं महाधिवेशनको मितिलगायत विषयमा छलफल हुने छ ।
आइतबारको केन्द्रीय समिति बैठकले अब नियमित १५ औं महाधिवेशनका लागि केन्द्रित हुने निष्कर्ष निकालेको थियो ।
फागुन २१ को चुनावको समीक्षा र चुनावी हारको पराजयलाई लिएर सभापतिबाट गगन थापाले दिएको राजीनामा बारे उक्त केन्द्रीय समितिमा छलफल भई थापाको राजीनामा अस्वीकृत भएको थियो।
थापाको राजीनामा अस्वीकृत भएपछि पुनः केन्द्रीय समिति बैठक बोलाइएको हो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।