झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ स्थित मोती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
विद्यालयको बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको हो। मनका धनी सामाजिक संस्था, कमल–२, झापाको समन्वयमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्रीहरू हस्तान्तरण गरियो।
उक्त सामग्रीहरू खरिदका लागि लाग्ने सम्पूर्ण खर्च हाल वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका समाजसेवी भीम अधिकारीको विशेष पहलमा वि.सं. २०६१ सालका एसएलसी ब्याचका सहपाठीले जुटाएका हुन् । आफ्नो गाउँठाउँका बालबालिकाको शिक्षामा टेवा पुगोस् भन्ने भावनाका साथ गरिएको यस सहयोगप्रति विद्यालय परिवार र स्थानीयले खुसी व्यक्त गरेका छन्।
यसैबीच, मनका धनी सामाजिक संस्थाका अध्यक्ष कमल अधिकारीले यो काममा जोडिएर आर्थिक तथा नैतिक सहयोग पुर्याउने दुबई निवासी भीम अधिकारी लगायत २०६१ एसएलसी ब्याचका सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद तथा सम्मान प्रकट गरे । सामाजिक सेवामा सक्रिय यस संस्थाले आगामी दिनमा पनि यस्तै परोपकारी कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।