विराटनगर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाले नैतिकताका आधारमा दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको छ।
चुनावी हारको नैतिक जिम्मेवारी लिँदै थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा दिएका थिए।
सो विषयमा सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा विस्तृत छलफल भएको थियो। बैठकमा उपसभापति शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पेश गरेका थिए, जसलाई केन्द्रीय कार्यसमितिले सर्वसम्मत रूपमा पारित गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर नैतिक जिम्मेवारीस्वरूप प्रस्तुत गरिएको राजीनामालाई पार्टीको हितमा अस्वीकार गरिएको काँग्रेसले जनाएको छ । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३८ सिट मात्र जितेपछि उनले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए। गगनले राजीनामा दिने र केन्द्रीय समितिले अस्वीकार गर्ने कुरालाई काँग्रेसमा शेरबहादुर देउवा पक्षले भने ढोंगको संज्ञा दिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।