लोड हुँदैछ...

मेनु

वर्षा गराउने प्रणाली कमजोर भएसँगै मौसममा सुधार

वर्षा गराउने प्रणाली कमजोर भएसँगै मौसममा सुधार

काठमाडौँ । वर्षा गराउने प्रणाली कमजोर बन्दै गएपछि देशभर मौसममा सुधार देखिएको छ।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबारदेखि सक्रिय प्रणाली कमजोर भएकाले शुक्रबार र शनिबार बिहानजस्तो वर्षा अब हुने छैन ।

उनका अनुसार प्रिमनसुनका गतिविधि भने कायम रहनेछन्। आइतबार पनि आंशिक बदली रहने र केही स्थानमा छिटफुट वर्षा हुन सक्ने बताइएको छ।

हाल पूर्वी क्षेत्रमा तथा देशका अन्य केही स्थानमा हल्का वर्षा भइरहेको छ भने यो क्रम क्रमशः कमजोर हुँदै जाने उनले जानकारी दिइन्। प्रिमनसुन अवधिमा घाम लाग्ने, फेरि बदली हुने क्रम भने जारी रहने तर ठूलो तथा लामो वर्षा तत्काल नहुने जनाइएको छ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा पाल्पामा सबैभन्दा बढी ७५.८ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै रुपन्देहीमा ७५.२, मोरङमा ६३.८, धनकुटामा ६३.२ र कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा भएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।