लोड हुँदैछ...

मेनु

सोलुखुम्बुमा चट्याङ लागेर १७ वटा बाख्रा मरे, किसानलाई ठूलो आर्थिक क्षति

सोलुखुम्बुमा चट्याङ लागेर १७ वटा बाख्रा मरे, किसानलाई ठूलो आर्थिक क्षति

सोलुखुम्बु: सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर ८, केरुङमा वर्षासँगै परेको चट्याङ लागेर १७ वटा बाख्रा मरेका छन्।

जङ्गलमा चराउन लगिएको अवस्थामा बाख्राहरू नजिकैको रुखमा चट्याङ पर्दा ती बाख्राहरूको घटनास्थलमै मृत्यु भएको हो। स्थानीय किसान टेकराज श्रेष्ठका बाख्राहरू मरेको वडा अध्यक्ष पासाङ कटवालले जानकारी दिए ।

वर्षा र मेघगर्जनसहित परेको चट्याङका कारण ठूलो सङ्ख्यामा बाख्रा मरेपछि किसान श्रेष्ठलाई ठूलो आर्थिक क्षति पुगेको छ। बाख्रा चराउन गएका गोठालो भने सुरक्षित रहेको बताइएको छ।

केही दिन यता यस क्षेत्रमा मौसम बदलीसँगै वर्षा र चट्याङको जोखिम बढिरहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गर्दै आएको छ। एकैपटक ठूलो संख्यामा बाख्रा मरेपछि पीडित किसानलाई राहतका लागि स्थानीय तहले पहल गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।