लोड हुँदैछ...

मेनु

नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो, ७५ जना कर्मचारी माग

नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो, ७५ जना कर्मचारी माग

विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गरी तह ९ देखि तह ४ सम्मका विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो।

प्राधिकरणले प्रशासन र प्राविधिकतर्फ एक÷एक जना कर्मचारी मागेको छ। प्रशासनतर्फको प्रबन्धकमा महिला र प्राविधिकतर्फ आदिवासी जनजाति समुदायबाट नियुक्त गरिने पनि प्राधिकरणले जनाएको छ। त्यस्तै उपप्रबन्धकतर्फ प्रशासनमा एक जना र प्राविधिकमा २ जना कर्मचारी माग गरिएको छ।

वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा विभिन्न संख्यामा कर्मचारी परिपूर्ति गर्न दरखास्त आह्वान भएको छ। दरखास्त दिने अन्तिम चैत २६ गतेसम्म तोकिएको छ। त्यसपछि दोब्बर दस्तुर तिरेर वैशाख ३ गतेसम्म दरखास्त दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।