विराटनगर । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको संसदका करिब दुईतिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चैत १३ गते प्रधानमन्त्री पदको सपथ लिने भएका छन् ।
निर्वाचनमा १८२ सिटमा जित हात पार्दै भारी बहुमत पाएको रास्वपाले नयाँ संविधान जारी भएपछि पहिलो पटक बहुमतप्राप्त सरकार गठन गर्न लागेको हो ।
रास्वपाले निर्वाचनअघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरिरहेको छ। शाहको चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम निश्चित भएको बताइएको छ।
सांसदको शपथलगत्तै शाहले प्रधानमन्त्रीले शपथ लिने टुङ्गो लागेको रास्वपा नेताहरुले बताएका छन् । उपसभापति स्वर्णिम वाग्लेका अनुसार चैत १३ गते प्रधानमन्त्रीले शपथ ग्रहण गर्ने तय भएको छ ।
संविधानको धारा ७६ को उपधारा १ अनुसार शाह प्रधानमन्त्री नियुक्त हुनेछन् ।र नेपालको संविधानको धारा, ७६ मा मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था छ। धारा, ७६ को उपधारा १ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ,’ भन्ने उल्लेख छ।
सो धारा अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन प्रतिनिधिसभा सदस्य र संसदीय दलको नेता हुनुपर्ने संवैधानिक बाध्यता छ। चैत १३ अगाडि नै
बालेनलाई संसदीय दलको नेताका अघि सार्ने रास्वपाको तयारी छ।
नेपालको संविधान जारी भएपछि पहिलोपटक धारा ७६ को उपधारा ९१० अन्तर्गत एकल बमुहमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्ति हुन लागेको हो। “एकै दलको बहुमत नआएको अवस्थामा धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको संयुक्त सरकार गठन हुने प्रयोजनका लागि राष्ट्रपतिले आह्वान गर्ने हो,” डा देवकोटाले भने, “अहिले त्यो अवस्थामा जानु परेन, राष्ट्रपतिले ७६ ९१० अनुसार बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने हो।”
संघीय संसद सचिवालयले चैत १२ गते २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ। सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार सांसदहरूको शपथग्रहण अगाडी ज्येष्ठ सदस्यको पहिचान गरी राष्ट्रपतिसमक्ष शपथ गराइनेछ। त्यसपछि ज्येष्ठ सदस्यले अन्य सांसदहरूलाई शपथ गराउने उनले जानकारी दिए।
सचिवालयले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने ६ वटा राजनितिक दलहरूसँग शपथग्रहण, कार्यालय व्यवस्थापन तथा अभिमुखीकरण कार्यक्रमका बारेमा छलफल गरेको थियो। छलफलमा सांसदहरुको अभिमुखीकरण कार्यक्रमबारमा पनि दलहरूसँग सुझाव लिएको उनले जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।