काठमाडौँ । निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्व पूरा गर्दै बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको अन्तिम नतिजा बुझाएको छ । आयोगका पदाधिकारीहरू शीतल निवास पुगेर प्रतिवेदन पेस गरेसँगै मुलुकको राजनीति नयाँ सरकार गठन गर्ने चरणमा प्रवेश गरेको छ ।
आयोगको प्रतिवेदनले अब संघीय संसद्को अधिवेशन बोलाउन र नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्न कानुनी आधार तयार पारिदिएको हो ।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बुझाएको उक्त प्रतिवेदन अध्ययन गरेपछि राष्ट्रपतिले संविधानको धारा बमोजिम नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउनुहुनेछ । यससँगै अबको केही दिनभित्रै नयाँ सत्ता समीकरण र संसदीय गतिविधिले तीव्रता पाउने देखिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।