लोड हुँदैछ...

मेनु

सिटिजन्स बैंकको ५ करोड हिनामिना प्रकरण : आरोपित कर्मचारी पक्राउ नगर्न माग गर्दै अदालतको शरणमा

सिटिजन्स बैंकको ५ करोड हिनामिना प्रकरण : आरोपित कर्मचारी पक्राउ नगर्न माग गर्दै अदालतको शरणमा

विराटनगर । सिटिजन्स बैंक इन्टरनेसनलको विराटनगरस्थित कञ्चनबारी शाखामा भएको करिब ५ करोड रुपैयाँ हिनामिना प्रकरणमा मुख्य आरोप लागेकी बैंककी तत्कालीन कर्मचारीले उल्टै बैंकका अधिकारीविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी छन् ।

हिनामिनाबापतको बिगो बराबरको जायजेथा बैंकलाई बुझाइसक्दा पनि आफूलाई निलम्बन गरेको र प्रहरीमा उजुरी दिएर पक्राउ गर्ने प्रक्रिया सुरु गरेको भन्दै मुख्य आरोपित रोजी कँडेलले उच्च अदालतमा मुद्दा दायर गरेकी हुन् ।

उनले आफूले बैंकमा गरेका कागजपत्रहरू झिकाइ ‘उत्प्रेषणको आदेश’ द्वारा बदर गर्न र मुद्दाको टुङ्गो नलागेसम्म आफूलाई पक्राउ नगर्नरनगराउन विपक्षीहरूको नाममा अन्तरिम आदेशसहितको ‘स्थायी निषेधाज्ञा’ जारी गर्न माग गरेकी छन् । यो मुद्दाको पेशी उच्च अदालत विराटनगरको २ नम्बर इजाशलमा चढेको छ ।

पक्राउ नगर्न माग गर्दै अदालतको शरणमा
हिनामिनाबापतको बिगो बराबरको जायजेथा बैंकलाई बुझाइसक्दा पनि आफूलाई निलम्बन गरेको र प्रहरीमा उजुरी दिएर पक्राउ गर्ने प्रक्रिया सुरु गरेको भन्दै मुख्य आरोपित कँडेलले उच्च अदालतमा मुद्दा दायर गरेकी हुन् । उनले आफूले बैंकमा गरेका कागजपत्रहरू झिकाइ ‘उत्प्रेषणको आदेश’ द्वारा बदर गर्न र मुद्दाको टुङ्गो नलागेसम्म आफूलाई पक्राउ नगर्नरनगराउन विपक्षीहरूको नाममा अन्तरिम आदेशसहितको ‘स्थायी निषेधाज्ञा’ जारी गर्न माग गरेकी छन् । यो मुद्दाको पेशी उच्च अदालत विराटनगरको २ नम्बर इजाशलमा चढेको छ ।

मुद्दामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश पोखरेल, कोशी प्रदेश प्रमुख दिवस सिंह ठकुरी र शाखा प्रबन्धक अभिषेक अग्रवाललाई विपक्षी बनाइएको छ ।

बाध्य पारेर जग्गा धितो राख्न लगाइएको दाबी
कँडेलले अदालतमा दायर गरेको निवेदनमा बैंकको कारोबार (ट्रान्जेक्सन) मा केही त्रुटि देखिएको र सोही आधारमा बैंकका पदाधिकारीहरूले ‘इज्जत जोगाउन’ भन्दै दबाब दिएपछि बाध्य भएर ससुरा खगेन्द्रप्रसाद रिजालको नाममा रहेको करिब ६ करोड मूल्यको जग्गा धितोमा राखिदिएको दाबी गरेकी छन् । निवेदनमा भनिएको छ, “विपक्षीहरूले जेथा धितो नदिए हामी सबैलाई गाह्रो हुन्छ भन्दै जिद्दी गरी तनाव दिएपछि बाध्य भएर जग्गा धितो राखेकी हुँ ।”

रोजीका पिता राजन कँडेलले बैंकमा काम गर्ने क्रममा गल्ती भएको स्वीकार गरे पनि हिनामिना रकम बराबरको घरजग्गा बैंकको नाममा रोक्का गरिदिँदा पनि प्रहरी लगाएर पक्राउ गर्न खोज्नु अन्यायपूर्ण भएको बताएका छन् ।

बैंकले भने दुई महिनाअघि गरेको आन्तरिक अडिटका क्रममा ठुलो परिमाणमा रकम हिनामिना भएको देखिएपछि संलग्न कर्मचारीहरूलाई बर्खास्त र निलम्बन गरी अनुसन्धान सुरु गरिएको जनाएको छ । बैंकका अनुसार कँडेलकै युजर आइडी बाट मुद्दती निक्षेपको दुरुपयोग भएको पुष्टि भएपछि उनलाई सेवाबाट बर्खास्त गरिएको हो ।

यस प्रकरणमा संलग्नताको आशङ्कामा अन्य कर्मचारीहरू पनि अनुसन्धानको घेरामा परेका छन् । बैंक स्रोतका अनुसार ५ करोड ३१ लाख रुपैयाँ हिनामिना भएकोमा दुई कर्मचारीले २०–२० लाख रुपैयाँ नगद बुझाइसकेका छन् भने बाँकी ४ करोड ९१ लाख रुपैयाँ बिगोबापतको जग्गा रोजीले बैंकको नाममा पास गरिदिएकी छन् ।

निक्षेपकर्ताको रकम दुरुपयोग गरी नक्कली ऋण खडा गरिएको यो गम्भीर बैंकिङ कसुरमा प्रहरीले पनि अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धानलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।