विराटनगर । कोशी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा आज मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । यस्तै, कोशीका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षाको सम्भावना छ । तराईका भू-भागमा पनि एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
मधेश प्रदेशमा आज आंशिक बदली रहनेछ । प्रदेशका तराई भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
रातको समयमा पनि कोशी प्रदेशको हिमाली भू-भागमा एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने देखिन्छ । कोशी प्रदेशको पूर्वी तराईमा आज विहान बाक्लो हुस्सु लागेको छ भने मौसम त्यति सफा छैन ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।