विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगलाई समानुपातिकतर्फका सांसदको नाम सिफारिस गरेको छ।
नेकपाले समानुपातिकतर्फ ९ सिट जितेकोमा ५ जना पुरूष र ४ महिलाको नाम निर्वाचन आयोगमा पठाएको हो ।
पार्टीले बलावती शर्मा, प्रमेश हमाल, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौराको नाम सिफारिस गरेको छ । नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको छ।
समानुपातिकसहित प्रतिनिधि सभामा नेकपाका १७ सांसद रहनेछन् । राष्ट्रियसभामा ८ महिलासहित उसका १७ सांसद छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।