लोड हुँदैछ...

मेनु

काँग्रेसले टुंग्यायो समानुपातिकका २० सांसदको नाम

काँग्रेसले टुंग्यायो समानुपातिकका २० सांसदको नाम

विराटनगर । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा पठाउने २० जनाको नाम टुंग्याएको छ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले २० सिटमध्ये १५ महिला र ५ पुरुष गरी नाम सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

क्लस्टर मिलाउँदा आदिवासी जनजातिबाट ६, खसआर्यबाट ६ तथा थारु, दलित, मधेसी, मुस्लिम तथा पिछडिएको क्षेत्रबाट८ जनाको नाम निर्वाचन आयोगमा पठाइनेछ। संविधानअनुसार संघीय संसदमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भएकाले समानुपातिकतर्फ २० सिटमध्ये १५ जना महिला अनिवार्य राखिएको चालिसेले बताए।

पार्टीले बन्दसूची आजै निर्वाचन आयोगमा बुझाउने र आयोगले रुजु तथा प्रमाणित गरेपछि मात्रै नामहरू सार्वजनिक गरिने काँग्रेसले जनाएको छ । केही क्लस्टरमा मिलान गर्नुपर्ने भए आयोगले आवश्यक संशोधनको सुविधा दिने पनि चालिसेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।