विराटनगर। पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक न्यून चापीय क्षेत्रका कारण कोशी प्रदेशमा आज दिउँसो वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको र प्रदेशको पहाडी र हिमाली भूभागलगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।