लोड हुँदैछ...

मेनु

 ‘राजीनामा समाधान होइन, पार्टी रूपान्तरणमा लाग्नुस्’

 ‘राजीनामा समाधान होइन, पार्टी रूपान्तरणमा लाग्नुस्’

विराटनगर । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा दिएर नभई पार्टी संगठन सुदृढीकरणमा लागेर चुनौतीको सामना गर्न सुझाव दिएका छन्। निर्वाचनको परिणाम अपेक्षित नभए पनि यो घडीमा राजीनामा दिनु पार्टी र देश दुवैका लागि हितकर नहुने श्रेष्ठको ठहर छ।

बुधबार सामाजिक सञ्जालमार्फत सन्देश दिँदै नेता श्रेष्ठले निर्वाचनको नतिजालाई नेतृत्वको असफलता मात्र नभई ‘पार्टी रूपान्तरणका लागि जनताले दिएको चेतावनी’ का रूपमा बुझ्न आग्रह गरेका छन्। उनले गगन थापाको साहस र भिजनले युवाहरूमा आशा जगाएको चर्चा गर्दै अहिलेको मुख्य आवश्यकता एकता र विधिको शासन सुदृढीकरण भएको उल्लेख गरे।

“यस कठिन घडीमा राजीनामा दिनु समाधान होइन,” श्रेष्ठले भनेका छन्, “तपाईंको नेतृत्वमा नयाँ ऊर्जा र रूपान्तरणको बाटो देखिएको छ। त्यसैले वडादेखि केन्द्रसम्मै संगठन बलियो बनाउने संकल्पका साथ अघि बढ्नुपर्छ।” उनले थापालाई पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै सबै कांग्रेसीजन एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।