चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्।
उनले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा जम्मा मत ८७ हजार ०२८ मत गणना भएको थियो।
लामिछानेका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन्। लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ छ।
लामिछाने २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट ३४ हजार २ सय ८१ मतान्तरसहित निर्वाचित भएका थिए।
शनिवार प्राप्त मतपरिणाम अनुसार चितवन –२ मा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२, नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मत प्राप्त गरेका छन्।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।