विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य निकै भारी मतान्तरका साथ विजयी भएकी छिन्। उनले नेपाली कांग्रेसका प्रभावशाली नेता तथा डा. शेखर कोइरालालाई स्तब्ध पार्दै सानदार जित हासिल गरेकी हुन्।
सार्वजनिक अन्तिम मत परिणाम अनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले मात्र १२ हजार ८५० मत प्राप्त गरेका छन् । आचार्य र कोइरालाबीचको मतान्तर ४२ हजार ६६३ रहेको छ ।
यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४०० मत प्राप्त गरे।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।