लोड हुँदैछ...

मेनु

काठमाडौं –३ मा रास्वपाका राजु पाण्डेको अग्रता, कुलमान २५४ मतले पछि

काठमाडौं –३ मा रास्वपाका राजु पाण्डेको अग्रता, कुलमान २५४ मतले पछि

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ं का उम्मेदवार राजु पाण्डेले अग्रता लिएका छन् । मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता लिइरहेका उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई पछि पार्दै पाण्डे अगाडि लागेका हुन् ।

बिहान ५ बजेसम्मको पछिल्लो मतपरिणाम अनुसार रास्वपाका राजु पाण्डेले २,९६० मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले २,७०६ मत पाएका छन् । पाण्डे घिसिङभन्दा २५४ मतले अगाडि छन् ।

यसअघि गणनाको सुरुवातदेखि नै घिसिङले अग्रता कायम राखेका थिए, तर पछिल्लो परिणामले खेलमा उलटफेर ल्याएको छ ।यस्तै, नेपाली कांग्रेसका रमेश अर्याल ५८३ मतसहित तेस्रो स्थानमा छन् भने नेकपा एमालेका रामेश्वर फुयाँल ४५६ मतका साथ चौथो स्थानमा रहेका छन् ।

काठमाडौंका सबै निर्वाचन क्षेत्रमा रास्वपाले आफ्नो बर्चस्व कायम गरेको छ । हाल मतगणना जारी रहेका काठमाडौंका सबै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् । अहिले मतगणना कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।