काठमाडौं । काठमाडौँ–३ को प्रारम्भिक मतगणनामा कुलमान घिसिङले १०४१ मतसहित अग्रता कायम राखेका छन्। उनका प्रतिद्वन्द्वी रास्वपाका राजु पाण्डे ७४८ मत प्राप्त गरी पछाडि छन्।
यसैगरी तेस्रो स्थानमा रहेका कांग्रेसका रमेश अर्यालले २९८ तथा एमालेका रामेश्वर फुयालले २७९ मत पाएका छन् । यसैगरी नेकपाका उम्मेदवारको ३५ मत रहेको छ । २५६६ मत गन्दा यो परिणम आएको हो। घिसिङ उज्यालो नेपाल पार्टीका उम्मेदवार हुन् ।
मतगणनास्थलमा प्रारम्भिक परिणाम सार्वजनिक गरिएको हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।