चितवन । नेकपा अध्यक्ष पुष्पकमल दाहालले चितवनको शान्तिपुर प्रहरी स्कुलबाट मतदान गरेका छन् । मतदान सुरु हुनासाथ प्रचण्डले बिहान ७ः२० मा मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकरमीहरुसग कुरा गर्दै उनले शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गर्न आग्रह गरे । चितवनमा तिनवटा निर्वाचन क्षेत्र रहेका छन । प्रचण्डले मतदान गर्नु भएको चितवन क्षेत्र नम्वर ३ मा पर्दछ । यो क्षेत्रमा २३ जना उमेदवार छन् ।
निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार क्षेत्र नं ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एकजना तेस्रो लि∙ी रहेका छन् । प्रतिनिधिसभामा विसं २०७९ मा चितवनमा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए ।
यस्तै क्षेत्र नं १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । तीमध्ये ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् ।
यस्तै, क्षेत्र नं २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रोलि∙ी रहेका छन् । यहाँ ४८ वटास्थल र १५२ वटा केन्द्र रहेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।