लोड हुँदैछ...

मेनु

ओली र बालेनले आफैलाई मतदान गर्न नपाउने

ओली र बालेनले आफैलाई मतदान गर्न नपाउने


काठमाडौँ । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुककै ध्यान खिचेका दुई मुख्य प्रतिस्पर्धीहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफैँलाई मतदान गर्न नपाउने भएका छन् ।
दुवै नेता झापा क्षेत्र नं. ५ बाट चुनावी मैदानमा उत्रिए पनि उनीहरूको मतदाता नामावली भने काठमाडौँ र भक्तपुरमा रहेको छ । जसका कारण उनीहरूले आफू उम्मेदवार बनेको क्षेत्रमा नभई काठमाडौँ उपत्यकाका मतदान केन्द्रबाट मतदान गर्नेछ
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । आफ्नो गृहजिल्ला झापाबाट चुनाव लडे पनि मतदाता नामावली भक्तपुरमा रहेकाले उनले आफूलाई भोट हाल्न पाउने छैनन्।
यता, झापा क्षेत्र नं. ५ मै अध्यक्ष ओलीसँग मुख्य प्रतिस्पर्धामा रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । ओलीसँग चुनाव लड्न झापा पुगेका शाहको मतदाता नामावली काठमाडौँमै भएकाले उनले पनि आफूलाई मतदान गर्न पाउने छैनन् ।
निर्वाचनको कडा प्रतिस्पर्धामा रहेका यी दुई ‘हेभीवेट’ उम्मेदवारहरूले आफैँलाई मतदान गर्न नपाए पनि लोकतन्त्रको महापर्वमा सहभागी हुन बिहानै मतदान केन्द्र पुग्ने तयारी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds