लोड हुँदैछ...

मेनु

पत्रकारले सूचना विभागको कार्ड देखाएर हिँडडुल गर्न सक्ने, छुट्टै सवारी पास नचाहिने

पत्रकारले सूचना विभागको कार्ड देखाएर हिँडडुल गर्न सक्ने, छुट्टै सवारी पास नचाहिने

विराटनगर । पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पासबाट चुनावको रिपोर्टिङमा हिड्न पाउने भएका छन् ।

आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले सूचना संकलन तथा सम्प्रेषण गर्न पत्रकारहरूले सूचना विभागले जारी गरेको प्रेस परिचय पत्र वा सञ्चार रजिस्ट्रारको कार्यालयबाट जारी भएका कार्ड देखाएर सवारी चलाउन र हिँडडुल गर्न सक्ने बताएका हुन् ।

आयोगले उपलब्ध गराएको पास नभएकाहरूले सूचना विभाग र सञ्चार रजिस्ट्रारको कार्यालयबाट लिएका कार्ड देखाएर हिँडडुल गर्न सक्नेछन्।

आयोगले यस विषयमा सुरक्षा निकायलाई पनि जानकारी दिइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।