लोड हुँदैछ...

मेनु

सरकारी गाडीमा निजी प्लेट लगाएर चलाउने एमाले उम्मेदवारका ज्वाई पक्राउ

सरकारी गाडीमा निजी प्लेट लगाएर चलाउने एमाले उम्मेदवारका ज्वाई पक्राउ

जनकपुर । सरकारी गाडीमा निजी नम्बर प्लेट प्रयोग गरिरहेको आरोपमा मधेश प्रदेशका पूर्वसभामुख एवं धनुषा १ का नेकपा एमालेकाक उम्मेदवार रामचन्द्र मण्डलका ज्वाइँ रमेश मण्डल पक्राउ परेका छन्।

मौन अवधिमा सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरी निजी बनाइएको आरोपमा मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

एसपी रुगम बहादुर कुँवरका अनुसार सशस्त्र प्रहरीको विशेष चेकजाँचका क्रममा मिथिला बिहारी नगरपालिका–पुरन्दाहा क्षेत्रबाट गाडी र चालक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा बुझाइएको छ। चारचक्के स्कारपियो गाडी र चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वसभामुखको हैसियतमा मण्डलले पाएको प्रदेश सभाको सरकारी गाडीमा निजी नम्बर प्लेट प्रयोग गरिएको पाइएको छ । बागमती–प्र–०१ ००३२ च ७८९४ नम्बरको गाडी नक्कली नम्बर राखेर प्रयोग गरिँदै आएको खुलेको छ ।

मतदाता प्रभावित पार्ने उद्देश्यले गाडी प्रयोग गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।