लोड हुँदैछ...

मेनु

नेकपा पर्सा–२ का उम्मेदवार पक्राउ, बमजस्तो संकास्पद वस्तु भेटियो

नेकपा पर्सा–२ का उम्मेदवार पक्राउ, बमजस्तो संकास्पद वस्तु भेटियो

बिरगंज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पर्सा–२ का उम्मेदवार मनोज चौधरीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मौनअवधिका बेला शंकास्पद गतिविधि गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

उम्मेदवार चौधरी नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रबाट पक्राउ परेका हुन् । चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीसपी हरि बहादुर बस्नेतले जानकारी दिए ।

गाडीमा बमजस्तो देखिने केही शंकास्पद वस्तु पनि फेला परेको डिएसपी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।