लोड हुँदैछ...

मेनु

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना हुँदा असईको मृत्यु

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना हुँदा असईको मृत्यु

काठमाडौ । प्रतिनिधिसभा निर्वाचनका लागि कर्मचारी र निर्वाचन सामग्री लिएर जाँदै गरेको गाडी रामेछापमा दुर्घटना हुँदा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

मन्थलीबाट मन्थली नगरपालिका–२, देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी सिरुवारी डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा सशस्त्र प्रहरी सहायक निरीक्षक ९असई० पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र तीन जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन तिमल्सिनाले बताए । घाइते सबैलाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ ।

गाडीमा निर्वाचन अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीसहित कुल ११ जना सवार थिए । गाडी सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटना लगत्तै तीन जनाले भने गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।

उक्त गाडीले मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयका लागि मतपेटिका, आवश्यक कागजात र निर्वाचन सामग्री बोकेको थियो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार वेश खुर्कोटबाट सई रमेशबहादुर थापाको कमाण्डमा ११ जनाको टोली उद्धारका लागि खटिएको थियो । टोलीमा नौ जना गोताखोर र एक जना डीएमएस(डिजास्टर म्यानेजमेन्ट स्पेसलिष्ट) सहभागी थिए । उद्धार टोलीले घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा भएको यस दुःखद दुर्घटनाले जिल्लामा शोक छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।