विराटनगर । संखुवासभाको मकालु गाउँपालिका– ५ र २ जोड्ने अरुण नदीमाथिको पुल भाँचिँदा एक टिपर दुर्घटनामा परेको छ ।
शनिबार बिहान साढे ८ बजे बेलिब्रिज बाँचिएर टिपर नदिमा खस्दा चालक गम्भीर घाइते भएका छन् ।
नुम प्रहरी चौकीका अनुसार दुर्घटनामा परेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे निवासी ४६ वर्षीय अर्जुन श्रेष्ठ हुन् । ०३(००१ क २९२० नम्बरको टिपर रहेको प्रहरीले जनाएको छ ।
घाइते श्रेष्ठको नुम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ । स्वास्थ्य अवस्था थप जाँच तथा उपचारका लागि केही समयपछि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।
टिपर मकालु– २ मा निर्माणाधीन जलविद्युत आयोजनाका लागि सामान बोकेर जाँदै थियो । दुर्घटनास्थल जिल्ला सदरमुकाम खाँदबारीबाट करिब ४९ किलोमिटर टाढा पर्छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।