लोड हुँदैछ...

मेनु

प्रतिनिधि सभा निर्वाचनका लागि मुलुकभर तीन दिन सार्वजनिक बिदा

प्रतिनिधि सभा निर्वाचनका लागि मुलुकभर तीन दिन सार्वजनिक बिदा


काठमाडौँ। नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा मुलुकभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयद्वारा आज जारी सूचना अनुसार, मन्त्रिपरिषद्को निर्णय बमोजिम आगामी फागुन २० गतेदेखि फागुन २२ गतेसम्म तीन दिनका लागि देशभर सार्वजनिक बिदा दिइएको हो।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न तथा आम मतदातालाई मतदान प्रक्रियामा सहज सहभागी गराउने उद्देश्यले सरकारले यो बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा फागुन २० देखि २२ गतेसम्म मुलुकभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा रहने उल्लेख गरिएको छ ।

सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी यो विशेष व्यवस्था गरेको हो। गृह मन्त्रालयले सबै सम्बन्धित पक्षको जानकारीका लागि यो सूचना प्रकाशित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।