काठमाडौं । जेन–जी आन्दोलनको आडमा लुटपाट, तोडफोड र आगजनी गरिएको काठमाडौंको महराजगंजस्थित भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ ।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलगायतले आज विशेष पूजा गरी सुपर मार्केट पुनः सञ्चालन गरिएको हो ।
आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति पुगेको सुपरमार्केटको भवनमा करिब ६ महिनासम्म मर्मत तथा पुनर्निर्माण कार्यपछि भाटभटेनी आजबाट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो । जुन आन्दोलनको
आडमा भाटभटेनी खरानी बनाईयो, त्यहि आन्दोलनको कारण हुन लागेको चुनाब अगाडि नै महाराजगञ्ज शाखा पुनः सञ्चालनमा आएको हो ।
भदौ २३ गते उर्लेको युवा आन्दोलनको आडमा देशभरका एक दर्जन बढि भाटभटेनीका शाखाहरुमा आक्रमण भएको थियो । जसको कारण हजारौंले रोजगारी गुमाउनुपर्ने अवस्था बनेको छ ।
भाटभटेनी सुपरमार्केटको महाराजगञ्ज भवन अत्याधुनिक प्रविधिसहित पुनर्निर्माणपछि आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। ६ महिनाको अबधिमा करिब २५०० मजदुर परिचालन गरि भटभटेनी पु्नःनिर्माण गरिएको गुरुङले जानकारी दिएका छन् ।
‘भदौ २४ को घटना सम्झनसमेत चाहन्नँ, त्यो दुर्लभ र कल्पनाभन्दा बाहिरको घटना थियो,” गुरुङ भन्छन्, “जसरी युद्धले सन् १९४५ मा जापानको नागासाकी वा १९४४ मा म्युनिख तहसनहस भयो, भदौ २४ गते पनि यहाँ युद्धभूमि जस्तै अवस्था थियो। तर, हामी त्यो खरानीको थुप्रोबाटबाट फेरि उठ्यौँ।’ आगलागीले आफ्नो वर्षौँको मेहनत खरानी बनाइदिए पनि त्यसले आफूभित्र २५–२६ वर्षे युवाको ऊर्जा र सकारात्मक आक्रोशसहितको दृढ संकल्प जागृत गराएको उनले बताए ।
पुनःनिर्मित भवन केवल व्यापारिक केन्द्र मात्र नभई हजारौँ मानिसको आवागमन हुने स्थान भएकाले ‘पूर्ण सुरक्षा’ सुनिश्चित गरिएकोमा पनि गुरुङले जोड दिए। आजको दिनसम्म भदौ २४को विध्वंसमा आगलागी भएर पूर्ण रूपमा ध्वस्त भएका १२ भाटभटेनीमध्ये दुई वटा औपचारिक रूपमा पुनः सञ्चालनमा आएका छन्।
क्षति नपुगेका सात र आंशिक रूपमा तोडफोड भएका नौ गरी अन्य १६ शाखाले भदौको आन्दोलनपछि असोजम सेवा सुचारु गरेका थिए । बाँकी १० ध्वस्त भएका भाटभटेनी आउटलेटको पुनर्निर्माण तीव्र गतिमा जारी रहेको गुरुङले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।