विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ४ अन्तरगत बेलबारी नगरपालिका ७ का ५३ जना युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । प्रतिनिधि सदस्य पदका उम्मेदवार अमनलाल मोदीले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।
बेलबारी ७ मा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा उपस्थित भई मुन्ना राजवंशीको नेतृत्वमा युवाहरुको ठूलो समूह पार्टी प्रवेश गरेको निर्वाचन परिचालन समितिका इन्चार्ज रुपेश खतिवडाले जानकारी दिए ।
पार्टी प्रवेश गर्नेहरु यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी आदिमा क्रियाशील रहेको खतिवडाले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।