लोड हुँदैछ...

मेनु

जनमत पार्टीका उम्मेदवार नै नेकपामा प्रवेश

जनमत पार्टीका उम्मेदवार नै नेकपामा प्रवेश

विराटनगर । जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

सिरहाको कर्जन्हा नगरपालिका–८ का अध्यक्षसमेत रहेका दनुवार मंगलबार आयोजित एक कार्यक्रमबीच औपचारिक रूपमा नेकपामा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सिरहा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयशंकर नायक, नेता रामचन्द्र ठाकुर र प्रकाश अधिकारीलगायत उपस्थित थिए। उनीहरूले दनुवारलाई पार्टीमा स्वागत गर्दै आगामी निर्वाचनमा सहकार्य र एकताको सन्देश दिएका थिए।

प्रवेश गरेका दनुवारले सिरहा क्षेत्र नं. ४ मा नेकपाका उम्मेदवार नायकलाई विजयी बनाउन आफूले पार्टी प्रवेश गरेको स्पष्ट पारे । विकास, स्थायित्व र राजनीतिक सहकार्यलाई प्राथमिकतामा राख्दै आफूले नेकपा प्रवेशको निर्णय लिएको उनको भनाइ छ ।

स्थानीय तहदेखि संघीय निर्वाचनसम्म साझा लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै दनुवारले क्षेत्रको समग्र विकासका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।