लोड हुँदैछ...

मेनु

वीरगञ्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा भने कायमै

वीरगञ्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा भने कायमै

वीरगञ्ज । दुई पक्षबीचको विवादपछि उत्पन्न तनाव नियन्त्रण गर्न पर्साको वीरगञ्जमा लगाइएको कर्फ्यू सोमबार साँझदेखि हटाइएको छ।

जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा अवस्थाको समीक्षा गर्दै स्थिति सामान्यतर्फ उन्मुख भएको निष्कर्षका साथ कर्फ्यू हटाउने निर्णय गरेको हो।

कर्फ्यू हटाइए पनि सुरक्षा जोखिमलाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा भने कायमै राखेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सोमबार साँझ ४ : ३० देखि मंगलबार फागुन १२ गते बिहान ८ बजेसम्मका लागि सभा, जुलुस, भेला वा कुनै पनि किसिमको प्रदर्शन गर्न रोक लगाइएको छ।

अहिले वीरगञ्जका माइस्थान, घण्टाघर र आदर्शनगर लगायतका मुख्य क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ। प्रशासनले सामाजिक सञ्जालमा भ्रामक सूचना नफैलाउन र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण नगरबासीलाई अपिल समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।