विराटनगर । विराटनगर–१, पोखरियास्थित जेम्स इन्टरनेशनल सेकेण्डरी बोर्डिङ स्कुलले आफ्नो ३२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाएको छ। बुधबार आयोजित विशेष समारोहमा विद्यालयले शैक्षिक, अतिरिक्त क्रियाकलाप र दीर्घसेवाका क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनेहरूलाई सम्मान गरेको छ।
कार्यक्रममा गत वर्षको एसईई परीक्षामा ४ जीपीए हासिल गर्ने विद्यार्थी श्रीजी पोखरेलका अभिभावक चन्द्रकुमार पोखरेल र सुमना आचार्य पोखरेललाई विशेष सम्मान गरिएको थियो। यस्तै, कक्षा ९ का विद्यार्थी अनादी ढकालाई ुस्टुडेन्ट अफ द इयरु घोषणा गरियो। शैक्षिक सत्र २०८० मा कक्षा ९ बाट १० मा उक्लिँदा उत्कृष्ट स्थान हासिल गर्ने अनुष्का दाहाल, आविसा कोइराला र श्वेता शर्मालाई पनि पुरस्कृत गरियो।
विद्यालयले खेलकुद (फुटसल, कबड्डी, टेवलटेनिस, टग अफ वार) मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीका साथै १९ वर्षदेखि कार्यरत शिक्षिका मुना तामाङ र १४ वर्षदेखि कार्यरत कर्मचारी विनोद निरौलालाई ‘दीर्घसेवा सम्मान’ प्रदान गरेको छ।
प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका सह–परीक्षा नियन्त्रक डा. गोविन्द गुरागाईंले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, शिक्षासेवी र सञ्चारकर्मीहरूले प्रविधि र संस्कारयुक्त शिक्षाको महत्त्वबारे चर्चा गरेका थिए। वि.सं. २०५० मा स्थापना भएको यस विद्यालयले एसईईमा निरन्तर शतप्रतिशत नतिजा ल्याउन सफल भएको प्रिन्सिपल पंकज खड्काले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।