विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको जिम्मेवारीअनुसार मतपत्र छपाइ कार्य सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिए ।
प्रत्यक्षतर्फ २ करोड ३ लाख मतपत्र छपाइ ४२ दिनको कार्यतालिका अनुसार सुरु गरिएकामा ४० दिनमै पूरा गरिएको छ । अब सबै मतपत्र प्याकेजिङ गरी सम्बन्धित प्रदेशमा ढुवानी गरिने र १० दिनभित्र सबै जिल्लामा पुर्याइने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।
केन्द्रले दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ गरी विभिन्न स्थानमा पठाइसकिएको छ । समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र जिल्लामा पठाउने कामसमेत भइरहेको जनाइएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि निर्धारित समयभित्र पुर्याउने गरी काम भइरहेको केन्द्रले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।