लोड हुँदैछ...

मेनु

धरानमा दुई पिकअपबाट ९५५ केजी गाँजा बरामद, दुई चालक पक्राउ

धरानमा दुई पिकअपबाट ९५५ केजी गाँजा बरामद, दुई चालक पक्राउ

धरान । धरान उपमहानगरपालिका–२०, बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमान्डमा खटिएको प्रहरी टोलीले गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुईवटा पिकअप गाडीमा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार बारा कोल्बी नगरपालिका–८ बस्ने सन्दीपकुमार माझीले चलाएको वाग्मती प्रदेश–०१–०२७च ११४३ नम्बरको पिकअप गाडीबाट ४९५ केजी गाँजा बरामद गरिएको छ । त्यस्तै, चन्द्रागिरी नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नम्बरको गाडीबाट ४६० केजी गाँजा बरामद गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई दुईवटै सवारीसाधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धनकुटाबाट लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले धरानको बरडाँडामा सुराकीका आधारमा खानतलासी गर्दा यो ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।