लोड हुँदैछ...

मेनु

बंगलादेशमा बेगम खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने, बीएनपीलाई स्पष्ट बहुमत

बंगलादेशमा बेगम खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने, बीएनपीलाई स्पष्ट बहुमत

विराटनगर । बंगलादेशमा हिजो सम्पन्न भएको आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले अत्यधिक बहुमत हासिल गरेको छ । निर्वाचनको प्राप्त नतिजासँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको हो । उनी बिएनपीका अध्यक्ष हुन् ।

बंगलादेशका कुल ३०० मध्ये २९९ सिटमा विहीबार निर्वाचन भएको थियो । शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएपछि त्यहाँको मतदान स्थगित गरिएको थियो । बाँकी २९९ सिटमध्ये २०६ सिटको नतिजा आउँदा बीएनपीले १६५ सिट जितेको छ ।

बीएनपी अध्यक्ष तारिक रहमानले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए र दुवैमा विजयी भएका छन् । रहमान गत वर्ष डिसेम्बरमा १७ वर्षपछि स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।