लोड हुँदैछ...

मेनु

तामाकोशी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ११ पुग्यो

तामाकोशी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ११ पुग्यो

विराटनगर । तामाकोशी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

रामेछापको मन्थली नगरपालिका ६ स्थित तामाकोशी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ११ पुगेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बा प्र ०१००६ ख ९९७५ नम्बरको बस मंगलबार बिहान नदीमा खसेको थियो । दुर्घटनामा घाइते भएका ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सामान्य घाइते एक जनाको मन्थलीमा उपचार भइरहेको र बाँकीलाई खुर्कोट तथा काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए काठमाडौंबाट यात्रु लिएर ओखलढुंगातर्फ जाँदै गरेको पूर्व अरनिको यातायात सेवा समितिको यात्रुबाहक बस मन्थली नगरपालिका– ६, भलुवाजोरस्थित लिलौटी भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनाकाक घाइतेमध्ये ६ जनाको सिन्धुलीको खुर्कोटस्थित अस्पतालमा उपचार भइरहेको छ भने बसका चालकको रामेछापको मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचार भइरहेको छ। मंगलबार बिहान करिब १०ः३० बजेको समयमा उक्त बस सडकबाट तामाकोशी नदीमा खसेको थियो । बसमा रहेका यात्रुको संख्या यकिन भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।