लोड हुँदैछ...

मेनु

मेघालयको कोइलाखानी विष्फोटमा परी थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

मेघालयको कोइलाखानी विष्फोटमा परी थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

विराटनगर । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेर थप एक जनाको मृत्यु भएको छ । योसँगै उक्त घटनामा ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ । बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको हो ।

यही माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा खोटाङकै बराहपोखरी गाउँपालिका-१ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको यसअघि नै मृत्यु भएको पुष्टि भइसकेको छ ।

विनासकारी डाइनामाइट विष्फोटपछि रत्न राई बेपत्ता भएका थिए । बेपत्ता भएका राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको हो । उनको जीउडालको आधारमा परिचान गरिएको खबर आएको पारिवारिस स्रोतले जनाएको छ ।
माथिको समाचारलाई कोइलाखानी विस्फोटमा थप एकको मृत्यु भन्ने शीर्षकमा पुनर्लेखन गर्नुस्

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।