लोड हुँदैछ...

मेनु

आचारसंहिता पालना गर्न रवि लामिछाने र रास्वपालाई जिल्ला प्रशासनको निर्देशन

आचारसंहिता पालना गर्न रवि लामिछाने र रास्वपालाई जिल्ला प्रशासनको निर्देशन

नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । रास्वपाले आज जिल्लामा आयोजना गर्न लागेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ लाई लक्षित गर्दै प्रशासनले यस्तो सचेत गराएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषण राज भण्डारीद्वारा जारी गरिएको पत्रमा, आगामी उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन माघ १४ गतेदेखि नै आचारसंहिता लागू भइसकेको स्मरण गराइएको छ।

प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “२०८२ माघ २७ गते हुने भनिएको रास्वपाको कार्यक्रममा निर्वाचन आचारसंहिता, २०८२ विपरीतका कुनै पनि गतिविधि नगर्न र नगराउन सम्बन्धित सबै पक्षलाई सूचित गरिन्छ ।” निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलहरूका गतिविधिबाट आचारसंहिता उल्लंघन हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले निगरानी समेत बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।