लोड हुँदैछ...

मेनु

नेकपा कोशी प्रदेश संसदीय दलको नेतामा आङ्बो

नेकपा कोशी प्रदेश संसदीय दलको नेतामा आङ्बो

विराटनगर । कोशी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो चयन भएका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेककपा एकीकृत समाजजादी मिलेर गठन भएको नयाँ दल नेकपा संसदीय दलको नेता आङ्बो भएका हुन् । आङ्बो यसअघि माओवादी केन्द्र संसदीय दलको नेता रहेका थिए ।

नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता भने पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई रहेका थिए । अहिले सहमतिबाटै आङ्बोलाई दलको नेता बनाइएको हो । दलका प्रमुख सचेतक र सचेतकबारे भने कुनै निर्णय नभइसकेको र चुनाबपछि त्यसबारे निर्णय गर्ने नेकपाले जनाएको छ ।

यसअघि माओवादी केन्द्रको प्रमुख सचेतकमा गीता तिम्सिना र एकीकृत समाजवादीको प्रमुख सचेतकमा विद्या चाम्लिङ रहेका थिए । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिमा भने उनीहरु दुबै जनाले सहभागिता जनाउने दलले जनाएको छ ।

दुई दलको एकीकरणसँगै नेकपा संसदीय दल १७ सदस्यीय भएको छ । कोशी प्रदेशसभामा तत्कालीन माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका ४ सांसद थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।