लोड हुँदैछ...

मेनु

बालेन शाह पुगे एमाले कार्यालय !

बालेन शाह पुगे एमाले कार्यालय !

विराटनगर । रास्वपाका बरिष्ठ नेता बालेन शाह चुनावी प्रचार प्रसार र घरदैलो कार्यक्रमका क्रममा एमालेको झापा दमक ३ मा रहेको पार्टी कार्यालय पुगेका छन् । उनले त्यहाँ रहेका एमाले नेता, कार्यकर्तासँग हात मिलाउँदै भोट मागेर फर्किएका छन् ।

बालेन शाह एमाले कार्यालय पुगेपछि समर्थकले हुुटिङ गरेका थिए । आजै दमक पुगेका बालेनले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का विभिन्न स्थानको टोल तथा चोकबजारमा छलफल गरिरहेका छन् । उनले आज दमक नगरपालिका वडा नं. ७, १, २ र ३ समेट्ने गरी नागरिक भेटघाटका कार्यक्रम राखेका हुन् ।

जसअनुसार पशुहाट (लेखनाथ चोक वडा ७), सिर्पाली चोक (नमुना बस्ती), बरगाछी, दुर्गा मन्दिर, हिमालय माध्यामिक विद्यालय अगाडी (पाङ्गिनी चोक सम्पर्क कार्यालय), शिवालय मन्दिर दर्शन, आम चोक, बेलडाँगी २ चोक, लालीगुराँस चोक, गोलाटार चोक, ढुकुरपानी चोक, धिमाल बस्ती (महाराजस्थान) र डिपु चोकमा भेटघाटका कार्यक्रम रहेको बालेनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।